जनताको चाहनाअनुसार राष्ट्रिय हितमा काम गर्न कांग्रेसको माग

भक्तपुर न्यूज

२२ जेठ २०८१ ८:४३

जनताको चाहनाअनुसार राष्ट्रिय हितमा काम गर्न कांग्रेसको माग

काठमाडौैं । नेपाली कांग्रेसका सञ्जयकुमार गौतमले वर्तमान शासन व्यवस्थामा परिमार्जनको आवश्यकता औँल्याउँदै राष्ट्रिय सहमतिको सरकार गठनको माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले दलगत आग्रह र पूर्वाग्रह त्यागेर जनताको चाहनाअनुसार राष्ट्रिय हितमा काम गर्न सबै दललाई आग्रह गर्दै त्यस्तो सरकार गठनको माग गरेका हुन् ।

सांसद गौतमले बाढीपहिरोको जोखिम न्यूनीकरणका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । कर्णाली नदीमा पानीको स्तर कम हुँदै गएको र मानव र जंगली जनावरबीचको बढ्दो द्वन्द्वले वन्यजन्तुको वासस्थान लोपोन्मुख भएको बताए ।

प्रकाशित मितिः २०८१ जेठ २२ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *