प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल सुरु (लाइभ)
काठमाडौं । प्रतिनिधिसभामा आजदेखि सरकारले १५ जेठमा ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल सुरु भएको छ । अर्थमन्त्री वर्षमान पुनले १५ जेठमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल सुरु भएको हो । अर्थमन्त्रीले यो प्रस्ताव राख्ने कार्यक्रम छ ।
सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३१ करोडको बजेट ल्याएको छ । आगामी आर्थिक वर्षका लागि चालुतर्फ ११ खर्ब ४० खर्ब ६६ करोड विनियोजन हुदा पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन गरिएको छ । यस्तै, वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब ८ अर्ब २७ करोड विनियोजन गरिएको छ ।
प्रकाशित मितिः २०८१ जेठ २० आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
