प्रतिनिधिसभामा बजेटमाथि छलफल प्रारम्भ हुने
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे संघीय संसद् भवन नयाँ वानेश्वरमा बस्दैछ । बैठकमा राजश्व र व्ययको वार्षिक अनुमान विवरण बजेटमाथि छलफल प्रारम्भ हुने संसद् सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययका वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र त्यसमाथि सामान्य छलफल प्रारम्भ हुने संसद् सचिवालयले जनाएको छ । सरकारले गत जेठ १५ गते १८ खर्ब ६० अर्बको बजेट ल्याएको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५