अमेरिकाले सन्दीपलाई भिसा दिन पुनः अस्वीकार

भक्तपुर न्यूज

१७ जेठ २०८१ १२:३८

अमेरिकाले सन्दीपलाई भिसा दिन पुनः अस्वीकार

काठमाडौं । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन फेरि अस्वीकार गरेको छ । आज दिउँसो अन्तर्वार्ताका लागि अमेरिकी दूतावास पुगेका सन्दीपलाई भिसा दिन दूतावासले अस्वीकार गरेको हो ।

यसअघि गएको जेठ ९ गते पनि सन्दीपलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको थियो । बलात्कारको मुद्दामा सन्दीपले उच्च अदालत पाटनबाट सफाइ पाएका थिए । सन्दीप लामिछानेलाई विश्वकपमा सहभागी गराउन र खेल्ने वातावरण बनाउन भन्दै सरकारले भिसाका लागि अमेरिकी दूतावासमा पत्र पठाएको थियो ।

टी–२० विश्वकप जुन २ तारिख अर्थात् आइतवारदेखि अमेरिका र वेस्ट इन्डिजमा शुरु हुँदैछ । नेपालले आफ्नो पहिलो खेल जुन ४ तारिख अर्थात् मङ्गलवार नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालको राष्ट्रिय क्रिकेट टोली अहिले अमेरिकामा छ ।

प्रकाशित मितिः २०८१ जेठ १७ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *