सिरोहियालाई वंशजको नागरिकता दिने दुई कर्मचारीमाथि पक्राउ पूर्जी
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई वंशजको नागरिकता दिने र प्रतिलिपी दिने तत्कालीन दुईजना कर्मचारी पनि अनुसन्धानमा तानिने भएका छन् । तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र प्रतिलिपि दिने तत्कालीन शाखा अधिकृत काशीराज दाहालविरुद्ध जिल्ला अदालत धनुषाबाट पक्राउ पूर्जी जारी भएको छ । सिरोहियाको नागरिकतासम्बन्धी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषाले दुई जनालाई पक्राउ गर्ने अनुमति लिएको हो ।
नागरिकता किर्तेसम्बन्धी कसुरमा पक्राउ परेका सिरोहिया हिजो बुधबार हाजिरी जमानीमा रिहा भइसकेका छन् । उनलाई थुनामा राखेर अनुसन्धान गरिरहनु नपर्ने भन्दै धनुषा सरकारी वकिलको कार्यालयले सिरोहियालाई उनका छोरा सम्भव सिरोहियाको जमानतमा छाडेको हो।
प्रकाशित मितिः २०८१ जेठ १७ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३