टेलिकमको एसएमएस सेवा निःशुल्क

भक्तपुर न्यूज

२९ साउन २०७४ ११:२३

टेलिकमको एसएमएस सेवा निःशुल्क

काठमाडौं । नेपाल टेलिकमले देशभर आफ्नो नेटवर्कमा हुने एसएमएस सेवा मंगलबारसम्म निःशुल्क गरेको छ । बाढी पहिरोले सञ्चार सम्बन्धमा असजता आएपछि टेलिकमले यस्तो घोषणा गरेको हो । अब देशभर म्यासेज पठाउँदा कुनै शुल्क लाग्ने छैन । आइतबारदेखि लागू भएको यो ब्यवस्था ३१ गते मंगलबारसम्म लागू हुने टेलिकमका सह(प्रवक्ता सोभन अधिकारीले जानकारी दिए ।

उनले बाढी र पहिरो पीडितलाई ध्यानमा राखेर यो सेवाको घोषणा गरिएको भन्दै अन्य क्षेत्रका ग्राहकले दुरुपयोग नगरिदिन आग्रह गरे । ‘निःशुल्क भएपछि धेरै एसएमएस आदान प्रदान हुँदा समस्या हुन सक्छ’ अधिकारीले भने,’अत्यावश्यक अवस्थामा मात्रै यो सेवा प्रयोग गर्न अपील गर्छौं ।’

सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सूचना आदान प्रदान गर्न सहज होस् भनेर यो निर्णय गरेका हुन् । टेलिकमबाट टेलिकमकै मोबाइलमा एसएमएस गर्दा मात्रै यो सुविधा पाइनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *