आगामी वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य
काठमाडौं । सरकारले आगामी वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटले लिएका कार्यक्रमको कार्यान्वयनबाट ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने बताए।
यस वर्ष तीन प्रतिशतको हाराहारीमा आर्थिक वृद्धिदर हासिल हुने अनुमान छ। बजेटले आगामी वर्ष ५.५ प्रतिशतको मूल्यवृद्धि हुने अनुमान गरेको छ।
प्रकाशित मितिः २०८१ जेठ १५ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
