प्रधानमन्त्रीले सत्ता पक्ष र प्रतिपक्ष दलहरुसँग गरेको छलफल निष्कर्षविहीन

भक्तपुर न्यूज

१४ जेठ २०८१ ६:२५

प्रधानमन्त्रीले सत्ता पक्ष र प्रतिपक्ष दलहरुसँग गरेको छलफल निष्कर्षविहीन

काठमाडौं । सदनको गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता पक्ष र प्रतिपक्ष दलहरुसँग आज गरेको छलफल निष्कर्ष विहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले अलग अलग र संयुक्त छलफल गरेका थिए । तर सहमति नजुटेपछि आजै साँझ फेरि छलफल गर्ने भन्दै नेताहरु उठेका छन् ।

प्रधानमन्त्रीसँगको छलफलमा सहभागी नेपाली कांग्रेसका नेताहरुले पनि आजै दिउँसो पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गर्नेछन् । प्रधानमन्त्रीसँगको छलफलमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन आज सभापति लगायतका नेताहरुसँग छलफल गर्ने जानकारी दिए ।

कांग्रेसका सहमहामन्त्री जीवन परियारले आफूहरुले सहकारी ठगी प्रकरणको विषयमा पूर्ववत अडान कायम राखेको जानकारी दिए ।

प्रकाशित मितिः २०८१ जेठ १४ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *