दार्चुलामा खोला तर्ने क्रममा दुईजना बेपत्ता
काठमाडौं । खोलाले बगाएर जिल्लाको मार्मा गाउँपालिकाका दुईजना बेपत्ता भएका छन् । आइतबार साँझ मुरैस्थित गन्याड खोला तर्ने क्रममा २५ वर्षीया झुपा टमटा र ६ वर्षीय ऐन विक बेपत्ता भएको मार्मा गाउँपालिका-५ का वडाअध्यक्ष सुरेन्द्र महताले बताए ।
उनीहरू दुवैको नातामा काकी भतिजा भएको खुल्न आएको छ । भिरालो ठाउँमा माथिबाट ढुंगामाटोसहित आएको खोलाको भेलले उनीहरूलाई बगाएको जानकारी प्राप्त भएको छ । सो क्षेत्रमा एक्कासी भारी वर्षा भएको त्यहाँका स्थानीयले बताएका छन् ।
खोला आसपास नयाँ सडक निर्माण भइरहेकाले छ। उनीहरु बेपत्ता भएको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली घटनास्थल खटिएको प्रहरीले जनाएको छ । अहिले प्रहरी र स्थानीयले उनीहरूको खोजी गरिरहेको छ ।
प्रकाशित मितिः २०८१ जेठ १४ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५