दार्चुलामा खोला तर्ने क्रममा दुईजना बेपत्ता

भक्तपुर न्यूज

१४ जेठ २०८१ ६:१५

दार्चुलामा खोला तर्ने क्रममा दुईजना बेपत्ता

काठमाडौं । खोलाले बगाएर जिल्लाको मार्मा गाउँपालिकाका दुईजना बेपत्ता भएका छन् । आइतबार साँझ मुरैस्थित गन्याड खोला तर्ने क्रममा २५ वर्षीया झुपा टमटा र ६ वर्षीय ऐन विक बेपत्ता भएको मार्मा गाउँपालिका-५ का वडाअध्यक्ष सुरेन्द्र महताले बताए ।

उनीहरू दुवैको नातामा काकी भतिजा भएको खुल्न आएको छ । भिरालो ठाउँमा माथिबाट ढुंगामाटोसहित आएको खोलाको भेलले उनीहरूलाई बगाएको जानकारी प्राप्त भएको छ । सो क्षेत्रमा एक्कासी भारी वर्षा भएको त्यहाँका स्थानीयले बताएका छन् ।

खोला आसपास नयाँ सडक निर्माण भइरहेकाले छ। उनीहरु बेपत्ता भएको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली घटनास्थल खटिएको प्रहरीले जनाएको छ । अहिले प्रहरी र स्थानीयले उनीहरूको खोजी गरिरहेको छ ।

प्रकाशित मितिः २०८१ जेठ १४ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *