राष्ट्रिय सभा सुचारु गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक जारी
काठमाडौं । राष्ट्रियसभाको बैठक सुचारु गर्नका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । राष्ट्रियसभा अध्यक्ष नारायण दाहालतको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रियसभा बैठक सहज रुपमा अघि बढाउनका लागि पहल भइरहेको छ ।
अध्यक्ष दाहालले विभिन्न दलका सचेतक तथा प्रमुख सचेतक लगायतसँग छलफल गरिरहेको दाहालका प्रेस सल्लाहाकार डिल्ली मल्लले जानकारी दिएका छन् । गृहमन्त्रीमाथि संसदीय छानविन समितिको माग गर्दै राष्ट्रियसभा बैठकमा पनि कांग्रेसले अवरोध गर्दै आएको छ । आज बिहान साढे ११ बजेका लागि बैठक बोलाइएपनि अझै सुरु हुन सकेको छैन ।
प्रकाशित मितिः २०८१ जेठ १३ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००