संसदमा कांग्रेसलाई बोल्न नदिएको महामन्त्री शर्माको आरोप

भक्तपुर न्यूज

११ जेठ २०८१ ११:५१

संसदमा कांग्रेसलाई बोल्न नदिएको महामन्त्री शर्माको आरोप

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदमा कांग्रेसलाई बोल्न नदिएको आरोप लगाएका छन्। शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले शुक्रबारको बैठकमा बोल्न समय माग गरेपनि बोल्न नदिएको बताए ।

उनले सहकारी प्रकरणमा रास्वपालाई एमाले र गिरिबन्धुमा एमालेलाई रास्वपाले जोगाउन खोजिएको तर्क गरे । शर्माले सहकारी प्रकरणमा संसदीय छानविन समिति बन्न नाम किटान नगर्ने हो भने त्यसको कुनै अर्थ नरहने जिकिर गरे।

मिडिया हाउसका सञ्चालनको नागरिकताको विषयमा उठेको विषयमा सहयोग गर्न तयार छु भन्दा समातेको भन्दै उनले समात्ने निकायमा दुईवटा पारपोर्टको कारण आरोपी व्यक्ति रहेको उल्लेख गरे । सभामुखको छेउमा बस्ने व्यक्तिको दुईवटा नागरिकताको कुरा आए पनि गिरफ्तार नगरिएको उनको भनाइ छ ।

उनले गिरफ्तार नगरेर पनि मुद्दाको अनुसन्धान गर्न सकिने बताए। उनले गिरिबन्धु प्रकरणमा पनि छानविन समिति बनाउन सुझाव दिए। शर्माले गृहमन्त्रीले आरोप लगायतका कांग्रेसका सबै नेता,परिवार लगाएमाथि छानविन गर्न कांग्रेस तयार रहेको बताए।

प्रकाशित मितिः २०८१ जेठ ११ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *