भक्तपुर बालकोट हाइट छेउको बस्ती डुबानमा

भक्तपुर न्यूज

२९ साउन २०७४ २:५३

भक्तपुर बालकोट हाइट छेउको बस्ती डुबानमा

भक्तपुर, २९ साउन । तीनदिनदेखि अविरल रुपमा आएको पानीका कारण देशभरको जनजीवन प्रभावीत भएको छ । तराईका विभिन्न जिल्ला बाढीको डुवानले समस्यामा परेका छन भने उपत्यकाकै विभिन्न ठाउँमा पनि बाढीले बितण्डा मच्चाएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका २ बालकोट हाइटस्थित रागिनी आर्ट अगाडिको बस्ती डुबानमा परेको स्थानीयले बताएका छन् । डुबानले आइतबार विहानसम्म निकास पाउन सकेको छैन भने बर्षात भैरहेको कारण यहाँको बस्ती जोखिममा देखिएको छ ।

परम्परागत रुपमा बर्षौंदेखि बग्दै आएको ढल तथा पानीको निकास बन्द भएपछि तीन सातादेखि यहाँका १० घर डुबानमा परेका हुन् । तीन दिनदेखिको बर्षाले पाँच फिटभन्दा बढी डुबान भएको स्थानीयले जानकारी दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *