अदालतभित्र सिरोहियाको बयान, बाहिर समर्थक र प्रहरीबीच धक्कामुक्का

भक्तपुर न्यूज

९ जेठ २०८१ ७:५१

अदालतभित्र सिरोहियाको बयान, बाहिर समर्थक र प्रहरीबीच धक्कामुक्का

काठमाडौं । दोहोरो नागरिकताको आरोपमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया अदालतभित्र बयान दिइरहँदा बाहिर सडकमा प्रहरी र प्रदर्शनकारीबीच धक्कामुक्का भइरहेको छ । प्रदर्शनकारीले ‘राज्य आतंक बन्द गर, सञ्चार उद्यमी कैलाश शिरोहियालाई रिहा गर’ नारा जस्ता नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गर्न खोजेपछि प्रदर्शनकासँग धक्कामुक्का भएको हो । जिल्ला अदालत परिसरबाहिर तरुण दल, नेपाल विद्यार्थी संघ र स्थानीय उद्योगी व्यवसायीलगायत नाराबाजी जारी राखेका छन् ।

प्रकाशित मितिः २०८१ जेठ ०९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *