कांग्रेसको अवरोधबीच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित, बैठक स्थगित
काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । कांग्रेसको नाराबाजीबीच राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव र राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिने प्रस्ताव पारित गरेपछि बैठक स्थगित गरिएको हो।
सभामुख देवराज घिमिरेले अब अर्को बैठक जेठ ११ गते बिहान ११ बजे बस्ने बताए। प्रतिनिधि सभाको बैठकमा मर्यादापालकको धकेलाधकेलबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गर्न समय दिइएको थियो । त्यसपछि कांग्रेस सांसदहरुले अवरोध गर्न खोजेका थिए ।
कडा सुरक्षाका बीचमा कांग्रेस सांसदहरुलाई मर्यादापालकले धकेलाधकेल गराउँदै प्रधानमन्त्री दाहाललाई रोष्ट्रममा पुर्याएका थिए । प्रधानमन्त्रीले टेबुल गरेको प्रस्ताव सर्वसम्मतले पारित भएको सभामुखले घोषणा गरेका थिए ।
प्रकाशित मितिः २०८१ जेठ ०८ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५