गृहमन्त्री लामिछानेलाई कारबाहीको माग गर्दै सांसद गुरुङद्धारा निवेदन दर्ता

भक्तपुर न्यूज

७ जेठ २०८१ १०:४६

गृहमन्त्री लामिछानेलाई कारबाहीको माग गर्दै सांसद गुरुङद्धारा निवेदन दर्ता

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले गृहमन्त्री रवि लामिछानेलाई अवहेलनामा कारबाही गर्न मागसहित सभामुखसमक्ष निवेदन दिएका छन् ।

सदनमा गृहमन्त्रीले तथ्यहीन, आधारहीन कुरा गरी नेपाली कांग्रेसका सांसदहरूमाथि मानमर्दन गर्न खोजेको, हुँदै नभएको कुरा बढाईचढाई गरेर भ्रममा पार्न खोजेको, अदालतले गरेको फैसलामाथि धावा बोलेको भन्दै सभामुखसमक्ष निवेदन दिएका हुन् ।

उनले रातो पासपोर्टमा आफूले अदालतबाट सफाइ पाइसकेको विषयलाई तोडमोड गरी नागरिकमा भ्रम सृजना गरेर आफूलाई अदालतभन्दा माथि राखी अभिव्यक्ति गरेको जिकिर गरेका छन् । कुटनीतिक राहदानी दुरुपयोगमा सर्वोच्च अदालतको २०६४ असोज २४ गते गरेको फैसलाको प्रतिलिपी पनि उनले बुझाएका छन् ।

प्रकाशित मितिः २०८१ जेठ ०७ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय