कांग्रेसको नाराबाजीपछि संसद बैठक १५ मिनेटका लागि स्थगित

भक्तपुर न्यूज

२८ वैशाख २०८१ ११:०१

कांग्रेसको नाराबाजीपछि संसद बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको नाराबाजीपछि प्रतिनिधि सभा बैठक १५ मिनेट स्थगित भएको छ। कांग्रेसको अवरोधबीच सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाउन खोजेका थिए। त्यसपछि कांग्रेसका सांसदहरूले वेल घेराउ गरेका थिए।

त्यसअघि कांग्रेसका सांसद गगनकुमार थापाले सहकारीको बचत अपचलनमा संसदीय छानबिन समिति नबनाएसम्म संसदको कामकारबाही अघि बढ्न नसक्ने बताएका थिए।

प्रकाशित मितिः २०८१ बैशाख २८ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय