दलका शीर्ष नेताहरूसँग सभामुखको ‘वान् अन वान्’ भेटवार्ता
काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूसँग वान् अन वान् भेटवार्ता गरेका छन् । संसद्को गतिरोध अन्त्य हुने छाँट नदेखेपछि सभामुख घिमिरेले शीर्षस्थ नेताहरूसँग वान् अन वान् वार्ता गरेका हुन् ।
उनको सचिवालयका अनुसार सभामुखले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग भेटवार्ता गरेका छन् । अहिले सभामुख घिमिरे दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफलमा छन् । संसद्को गतिरोध अन्त्यका लागि प्रयास भइरहेको सचिवालयले जनाएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथिको उच्चस्तरीय संसदीय छानबिन समिति गठनको अडान कायमै राखेको छ । यसपछि सभामुख घिमिरेले सक्रियता बढाएका हुन् ।
प्रकाशित मितिः २०८१ बैशाख २८ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५