दलका शीर्ष नेताहरूसँग सभामुखको ‘वान् अन वान्’ भेटवार्ता

भक्तपुर न्यूज

२८ वैशाख २०८१ ९:२४

दलका शीर्ष नेताहरूसँग सभामुखको ‘वान् अन वान्’ भेटवार्ता

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्‌मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूसँग वान् अन वान् भेटवार्ता गरेका छन् । संसद्‌को गतिरोध अन्त्य हुने छाँट नदेखेपछि सभामुख घिमिरेले शीर्षस्थ नेताहरूसँग वान् अन वान् वार्ता गरेका हुन् ।

उनको सचिवालयका अनुसार सभामुखले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग भेटवार्ता गरेका छन् । अहिले सभामुख घिमिरे दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग छलफलमा छन् । संसद्‌को गतिरोध अन्त्यका लागि प्रयास भइरहेको सचिवालयले जनाएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथिको उच्चस्तरीय संसदीय छानबिन समिति गठनको अडान कायमै राखेको छ । यसपछि सभामुख घिमिरेले सक्रियता बढाएका हुन् ।

प्रकाशित मितिः २०८१ बैशाख २८ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *