संसद्मा बोल्न पाउनुपर्ने भन्दै गृहमन्त्री लामिछानेले दिए निवेदन

भक्तपुर न्यूज

२५ वैशाख २०८१ १०:०६

संसद्मा बोल्न पाउनुपर्ने भन्दै गृहमन्त्री लामिछानेले दिए निवेदन

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउनुपर्ने भन्दै निवेदन दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति समेत रहेका उनले सभामुखलाई सम्बोधन गरेर संसद्मा बोल्न पाउनुपर्ने भन्दै निवेदन दिएका छन् ।

उनले आग्रह गरेका छन्, ‘मेरो व्यक्तिगत विषयमा माननीय सदस्यहरूले विभिन्न प्रश्नहरू उठाउनुभएको थियो । सो सम्बन्धमा मैले संसद्मा उपस्थित भई सार्वभौम सांसदमार्फत् आमजनतालाई जानकारी गराउन चाहेको थिएँ । तर संसद्मा उत्पन्न भएको गतिरोधका कारण सम्भव भएन । यही २८ गतेबाट चालू हुने अधिवेशनमा जवाफ दिने व्यवस्था मिलाइदिन अनुरोध ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिनको माग गर्दै आएको छ । सहकारीबाट ऋण लिएर टेलिभिजन स्थापना गर्दा बचतकर्ताको लगानी डुबेको आरोप छ ।

प्रकाशित मितिः २०८१ बैशाख २५ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *