शनिबारदेखि नेपालमा पश्चिमी न्यून चापीय प्रणाली भित्रिने अनुमान

भक्तपुर न्यूज

२१ वैशाख २०८१ ५:५४

शनिबारदेखि नेपालमा पश्चिमी न्यून चापीय प्रणाली भित्रिने अनुमान

काठमाडौं । शनिबार देशका विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार नेपालको पश्चिमी क्षेत्रबाट पश्चिमी न्यून चापीय प्रणाली (मौसमको एउटा प्रणाली) भित्रिने अनुमान गरिएको छ ।

शनिबार देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । साथै, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आगामी आइतबार देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी,गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

धेरै दिनदेखि पानी पर्न नपर्दा देशभर गर्मी बढिरहेको छ । देशका विभिन्न स्थानमा आगलागी भइरहेको छ । वर्षाले आगो निभाउन मद्धत गर्ने मौसमविद्को भनाई छ ।

प्रकाशित मितिः २०८१ बैशाख २१ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय