पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

भक्तपुर न्यूज

१९ वैशाख २०८१ ७:०५

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा. मिलनकुमार थापासहित तीन जनालाई सफाइ दिएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले कोषका सदस्यसचिव डा. थापासहित कोषको तत्कालीन सदस्यसचिव डा. प्रदीप ढकाल र कोषको स्टोर किपर अरुणकुमार श्रेष्ठलाई सफाइ हुने ठहर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिमा जलहरी राख्दा सुन हिनामिना गरेको आरोपमा गएको असोज १४ गते तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेकोे थियो । अख्तियारले जलहरी राख्ने क्रममा झण्डै डेढ किलो सुन हिनामिना भएको दाबी गर्दै एक करोड १७ लाख भ्रष्टाचार गरेको आरोप लगाएको थियो ।

प्रकाशित मितिः २०८१ बैशाख १९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय