प्रतिनिधि सभाको बैठक बुधबार पनि अवरूद्ध
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बुधबार पनि अवरूद्ध भएको छ। आकस्मिक समय सकिएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीहरूले उठेर विरोध जनाएका थिए।
सभामुख देवराज घिमिरेले संसद्को कार्यसूचीमा भएका सबै विषय हटाइएको जानकारी दिएका थिए। प्रतिनिधि सभाको अर्को बैठक वैशाख २ गते बस्नेछ।
कांग्रेसले गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै सदन अवरुद्ध गर्दै आएको छ । यता, राप्रपाले भने आफ्नो प्रदर्शनमा गृहमन्त्रीको निर्देशनबाट दमन भएको भन्दै गृहमन्त्रीको राजीनामा मागिरहेको छ ।
प्रकाशित मितिः २०८० चैत्र २८ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
