निर्वाचन आयोगले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने

भक्तपुर न्यूज

२७ चैत २०८० ४:४५

निर्वाचन आयोगले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने

काठमाडौं । निर्वाचन आयोगले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने भएको छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आज बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ । त्यस्तै, दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको आयोगले जनाएको छ । उपनिर्वाचन हुने इलाम–२ मा २० जना र बझाङ १ (क) मा १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । २०८१ वैशाख १५ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।

प्रकाशित मितिः २०८० चैत्र २७ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय