कक्षा १२ विज्ञान विषयको परीक्षाफल सार्वजनिक
काठमाडौं, २० साउन । कक्षा १२ को विज्ञान संकायको परीक्षाफल सार्वजनिक भएको छ । परीक्षामा नियमित तर्फ ७९ दशमलव ४४ प्रतिशत र आशिंक तर्फ ४३ दशमलव ९६ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासका अनुसार नियमित ४४ हजार ८ सय ९७ विद्यार्थी परीक्षामा सहभागी भएकामा ३५ हजार ६ सय ६८ जना उत्तिर्ण भएका छन् । १७ जनाको परीक्षा रद्द गरिएको छ ।
यस्तै आशिंक तर्फ ९ हजार ४ सय ८९ विद्यार्थीले परीक्षा दिएकामा ४ हजार १ सय ३७ जना उत्तिर्ण भएका छन् । ३ जनाको परीक्षा रद्द गरिएको छ । गएको वैशाख १० देखि भएको परीक्षाको नतिजा सार्वजनिक भएको हो । अरु संकायको परीक्षाफल भदौ मसान्त भित्र सार्वजनिक गर्ने तयारी भएको परीक्षा नियन्त्रक बतासले बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १७:१७
पूर्वक्रिकेटर माइकल स्लेटरलाई जेल सजाय
९ वैशाख २०८२ १३:२४