तराई–मधेश क्षेत्रमा आज होली पर्व मनाइँदै

भक्तपुर न्यूज

१२ चैत २०८० ४:५८

तराई–मधेश क्षेत्रमा आज होली पर्व मनाइँदै

काठमाडौं । तराई–मधेश क्षेत्रमा आज होली पर्व मनाइँदै छ । पहाडी क्षेत्रमा फागु मनाएको भोलिपल्ट तराई–मधेशमा होली मनायन्छ । अष्टमीका दिन गाडिएको चिर पूर्णिमाको राति ढलाई दहन गरेपछि यो पर्व सम्पन्न हुन्छ । तराईमा होलीका खेल्ने क्रममा गीत “जोगीरा सररर‘” अत्यधिक लोकप्रिय छ ।

हिन्दु धार्मिक पुराणका अनुसार हिरण्यकश्यपुको आदेशमा प्रल्हादलाई मार्न खोज्दा आगोले जलेर होलिका भष्म भएको सम्झनामा होली मनाउन थालिएको छ । होलीका अवसरमा सरकारले तराई–मधेशका जिल्लामा आज सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मितिः २०८० चैत्र १२ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय