लिभरपुलद्वारा बायर्न ३-०ले पराजित
एजेन्सी, १८ साउन । बार्यन म्युनिखलाई हराएर लिभरपुल जर्मनीमा भइरहेको प्रि–सिजन भ्रमण अन्तर्गतको आउडी कप फुटबलको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा जर्मन क्लब बार्यन म्युनिखलाई ३–० ले हराउँदै लिभरपुलले फाइनलमा पुगेको हो ।
लिभरपुललाई जिताउन छैटौं मिनेटमा साडियो माने, ३४ औं मिनेटमा मोहम्मद सालह र ८३ औं मिनेटमा ड्यानियल स्टुरेजले गोल गरे ।
लिभरपुलले अब आउडी कपको उपाधिका लागि आज स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग खेल्ने छ । एथ्लेटिको मड्रिडले इटालियन क्लब नापोलीलाई हराएर फाइनलमा स्थान बनाएको हो । बार्यन म्युनिखले तेस्रो स्थानका लागि नापोलीसँग खेल्नेछ । यो आउडी कपको पाँचौं संस्करण हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२२ वैशाख २०८२ १५:३०