प्रतिनिधिसभा बैठक जारी , प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदै
काठमाडौं । प्रतिनिधि सभाको बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिँदै छन् ।
सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले सदनबाट विश्वासको मत लिन लागेका हुन् ।माओवादीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसहितको नयाँ समीकरण बनाएका छन् ।
विश्वासको मतका लागि प्रचण्डले कम्तीमा १३८ मत पाउनुपर्छ । अहिले प्रधानमन्त्री प्रचण्डलाई एमाले, रास्वपा, जसपा र नेकपा एसको साथ छ ।
प्रकाशित मितिः २०८० फागुन ३० बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
