नयाँ सत्ता गठबन्धनका चार दलबीच मन्त्रालय र सिट बाँडफाँट टुङ्गियो

भक्तपुर न्यूज

२३ फागुन २०८० ८:१२

नयाँ सत्ता गठबन्धनका चार दलबीच मन्त्रालय र सिट बाँडफाँट टुङ्गियो

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नयाँ गठबन्धनमा मन्त्रालयको सिट संख्या लगभग टुंग्याएको छ । एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा नेपाल सम्मिलित चार दलीय कार्यदलमा भएको सहमति अनुसार प्रचण्ड सरकारको मन्त्रीमण्डलमा सिट संख्या लगभग टुंगिएको हो ।

जसअनुसार एमालेलाई ८, माओवादीलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय राख्ने प्रारम्भिक सहमति भएको बाँकी मन्त्रालय नेकपा एसलगायतलाई दिइने बुझिएको छ ।

प्रकाशित मितिः २०८० फागुन २३ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय