उपनिर्वाचनको मिति तोकेसँगै मतदाता नामावली दर्ताको काम स्थगित

भक्तपुर न्यूज

१३ फागुन २०८० ९:५७

उपनिर्वाचनको मिति तोकेसँगै मतदाता नामावली दर्ताको काम स्थगित

काठमाडौं । प्रतिनिधि सभाको इलाम क्षेत्र-२ र बझाङ प्रदेशसभा-१ को उपनिर्वाचन आगामी वैशाख १५ गते घोषणासँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको छ ।निर्वाचन आयोगको आइतबार बसेको बैठकले अर्को व्‍यवस्था नभएसम्मको लागि मतदाता नामावली दर्ता स्थगन गरिएको हो ।

आयोगको मतदाता नियमावली ऐन, २०७३को दफा ४ को उपदफा २ (२) बमोजिम निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचन प्रयोजनको लागि मतदाता नामावलीमा नाम दर्ता नहुने व्‍यवस्था रहेको छ । इलाम क्षेत्र-२ बाट निर्वाचित तत्कालीन प्रतिनिधिसभा सदस्य नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको २६ भदौमा निधन भएको थियो ।

यस्तै बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा पनि १५ वैशाखमै उपचुनाव हुनेछ । यस क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको २५ असार २०८० मा गाडी दुर्घटनामा निधन भएको थियो । सरकारको परामर्शमा उपनिर्वाचनको मिति निर्धारण गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मितिः २०८० फागुन १३ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय