एमालेले आज संसदमा विवादित मन्त्रीहरुबारे सरकारसँग जवाफ माग्ने

भक्तपुर न्यूज

१३ फागुन २०८० ५:५१

एमालेले आज संसदमा विवादित मन्त्रीहरुबारे सरकारसँग जवाफ माग्ने

काठमाडौं । नेकपा एमालेले आज पनि संसदमा विवादित मन्त्रीहरुबारे सरकारसँग जवाफ माग्ने भएको छ ।

‘हामीले विवादित मन्त्रीहरुका सम्बन्धमा सरकारलाई जवाफ दिन आज वा भोलि जहिले समय रोजे पनि हुन्छ भनेका छौं । सरकारको तर्फबाट के हुन्छ त्यो आएको छैन । हामी आज पनि सरकारको जवाफ माग्छौं’ एमालेका सचेतक महेश बर्तौलाले भने ।

एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र स्वास्थ्य तथा जनसंख्यामन्त्री महेश बस्नेतको सम्बन्धमा प्रश्न उठाउँदै आएको छ ।

दुई युवकको मृत्यु भएको ललितपुरको बालकुमारी घटनाका सम्बन्धमा सरकारले गठन गरेको आयोगले मन्त्री ज्वालाको उपस्थिति समेतलाई कारण मानेको बताइएको छ । स्वास्थ्यमन्त्री बस्नेतले टेरामक्स प्रविधि खरिद प्रकरणका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा घेरामा छन् ।

बस्नेतले अख्तियार पुगेर बयान पनि दिइसकेका छन् । विवादित मन्त्रीहरुको सम्बन्धमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने एमालेको माग छ ।

प्रकाशित मितिः २०८० फागुन १३ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय