माओवादी केन्द्रको विधान अधिवेशन ३ बजेसम्म स्थगित, शीर्ष नेता छलफलमा

भक्तपुर न्यूज

३ फागुन २०८० ८:२३

माओवादी केन्द्रको विधान अधिवेशन ३ बजेसम्म स्थगित, शीर्ष नेता छलफलमा

काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान अधिवेशन दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा जारी विधान अधिवेशनमा २० वटै समूहका तर्फबाट सुझाव पेश भएसँगै बैठक केही समयका लागि स्थगित भएको हो ।

बैठक स्थगित गरेर शीर्ष नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । २० वटै समूहबाट आएका सुझावलाई कसरी समेट्ने भन्नेबारे पदाधिकारी तहमा छलफल गर्न लागिएको एक नेताले जानकारी दिए । ती नेताका अनुसार पदाधिकारी बैठकको निष्कर्षका आधारमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्नेछन् ।

प्रकाशित मितिः २०८० फागुन ०३ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय