सदन खुल्ने बित्तिकै टीआरसी विधेयक सहमतिमै टुङ्गिन्छ : प्रधानमन्त्री दाहाल

भक्तपुर न्यूज

७ माघ २०८० ५:५०

सदन खुल्ने बित्तिकै टीआरसी विधेयक सहमतिमै टुङ्गिन्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी काम छिट्टै अघि बढने बताएका छन् । असंलग्न राष्ट्रहरूको सम्मेलनमा सहभागी भएर युगाण्डाबाट आज स्वदेश फर्किए पछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले संसद् अधिवेशन आह्वान हुने बित्तिकै टीआरसी विधेयक लगायत अघि बढ्ने बताएका हुन् ।

उनले संसदको हिउँदे अधिवेशनबाट नै शान्ति प्रक्रियाका बाँकी काम टुङ्गोमा पुर्‍याउने स्पष्ट पारे । प्रधानमन्त्री दाहालले सरकारका कामकारबाहीले गति लिन थालेको भन्दै मन्त्रालयले आफ्नो जिम्मेवारीलाई ठिक ढङ्गले पुरा नगरे मन्त्रिमण्डल पुनर्गठन हुनसक्ने संकेत गरे ।

उनले भने, ‘आफूले टार्गेट दिएर मन्त्रीहरूलाई काममा लगाएको र पूरा नगरे राम्रो हुँदैन भनिसकेको छु ।’

प्रकाशित मितिः २०८० माघ ०७ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय