आजको मौसम : तराईमा हुस्सु, पहाडी भेगमा वर्षा र हिमपात हुन सक्ने

भक्तपुर न्यूज

५ माघ २०८० ८:२८

आजको मौसम : तराईमा हुस्सु, पहाडी भेगमा वर्षा र हिमपात हुन सक्ने

काठमाडौं । अहिले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। पश्चिमी वायुको प्रभावले पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ। साथै देशको तराईका अधिकांश भू–भागमा हुस्सु लागेको छ। शुक्रबार दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति भने देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मितिः २०८० माघ ०५ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *