एमडीएमएस र टेरामक्स सम्बन्धी कागजात बुझाउन संसदीय समितिको निर्देशन

भक्तपुर न्यूज

४ माघ २०८० ११:२०

एमडीएमएस र टेरामक्स सम्बन्धी कागजात बुझाउन संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) र टेलिकम्युनिकेशन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) सम्बन्धी कागजात बुझाउन सरकारलाई निर्देशन दिएको छ।

समितिको बिहीबारको बैठकले एमडीएमएस र टेरामक्स सम्बन्धमा शुरूदेखि भएका नीतिगत निर्णय, खरीद प्रक्रिया भुक्तानी र कार्यान्वयनको औचित्य लगायत विषयका कागजात यथाशक्य चाँडो बुझाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो।

सञ्चारमन्त्री रेखा शर्मा, सचिव रामकृष्ण सुवेदी लगायत अधिकारीसँगको छलफलपछि समितिले दुवै विषयमा भएका मन्त्रालयगत छानबिनको प्रतिवेदन र त्यस सम्बन्धी अदालतबाट भएका फैसला मगाएको छ। त्यसमा विज्ञसँगको परामर्शका आधारमा थप निर्णय लिने निष्कर्ष निकालेको छ।

बैठकमा मन्त्री शर्माले दुवै प्रणालीबारे विगतका सरकारले गरेका नीतिगत निर्णय र कार्यान्वयनकर्ता निकायबाट भएका कामबारे मन्त्रालयले अध्ययन गरिरहेको बताइन्। उनले दुवै प्रणालीको कार्यान्वयनका क्रममा अनियमितता भएको भए छानबिनका लागि सरकारले सघाउने बताइन्।

प्रकाशित मितिः २०८० माघ ०४ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय