त्रिविमा अब विद्यार्थीले अनलाइनबाटै ट्रान्सक्रिप्टको फर्म भर्न मिल्ने, घरमै डेलिभरी !

भक्तपुर न्यूज

२ माघ २०८० ४:५३

त्रिविमा अब विद्यार्थीले अनलाइनबाटै ट्रान्सक्रिप्टको फर्म भर्न मिल्ने, घरमै डेलिभरी !

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले घरबाटै ट्रान्सक्रिप्ट लिन पाउने भएका छन् । त्रिवि, परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले सेवाग्राहीलाई बल्खुस्थित कार्यालयमा आउनु नपर्ने गरी ट्रान्सक्रिप्ट तथा अन्य सेवा अनलाइनमार्फत दिने तयारी गरेको हो ।

पनिका प्रमुख पुष्पराज जोशीले यसका लागि आवश्यक पर्ने प्रणाली तयार पारिसकिएको बताउँदै आज (आइतबार) विश्वविद्यालयका पदाधिकारीहरूबीच इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) पुल्चोकमा नमूना प्रदर्शन गरिने जानकारी दिए ।

जोशीका अनुसार यस प्रणालीबाट ट्रान्सक्रिप्ट लिन, सक्कली प्रमाणपत्र लिन, नाम सच्याउन जस्ता काम गर्न सकिन्छ । प्रणालीलाई राम्रोसँग सञ्चालन गर्न आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन भएसँगै यो काम व्यवस्थित तरिकाले चल्ने जोशीको भनाइ छ । हाल पर्याप्त जनशक्ति नभएकाले त्यसको व्यवस्था गर्न आफूहरू लागिपरेको उनले सुनाए ।

“अहिले यो काम गर्न कार्यालयमा छ जना मात्र कर्मचारी छन् । थप सात कर्मचारी माग गरेका छौं,” जोशीले भने । सबै कुरा मिले यो प्रणाली माघको पहिलो सातादेखि सुरु हुने उनले सुनाए । साथै भविष्यमा हुलाक सेवा विभागसँग समन्वय गरेर विद्यार्थीको ठेगानामा नै प्रमाणपत्र पुर्‍याइदिने योजना रहेको उनले बताए ।

प्रकाशित मितिः २०८० माघ ०२ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय