राष्ट्रपति पौडेल र सार्कका नवनियुक्त महासचिव गोलामबीच भेटवार्ता

भक्तपुर न्यूज

२५ पुष २०८० ११:३१

राष्ट्रपति पौडेल र सार्कका नवनियुक्त महासचिव गोलामबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का नवनियुक्त महासचिव मोहम्मद गोलाम सरवरबीच शिष्टाचार भेटवार्ता भएको छ ।​​

राष्ट्रपति भवन शीतलनिवासमा आज अपरान्ह भएको भेटमा राष्ट्रपति पौडेलले सार्कको संस्थापक सदस्य तथा वर्तमान अध्यक्षको हैसियतमा नेपाल सदस्य राष्ट्रहरूबीच एकता र ऐक्यबद्धताको भावनामा सार्क प्रक्रियालाई अगाडि बढाउन पूर्ण प्रतिबद्ध रहेको बताएका थिए ।

राष्ट्रपतिको कार्यालयका अनुसार सार्कका अन्य सदस्य राष्ट्रहरूले पनि सहयोग र समझदारीका माध्यमबाट सार्कलाई गति दिनेछन् भन्नेमा आफू आशावादी रहेको राष्ट्रपति पौडेलको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय