आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

भक्तपुर न्यूज

२५ पुष २०८० ५:२२

आजको मौसम : पहाडी भू-भागमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। बुधबार बिहान कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदलीको अवस्था छ भने तराई मधेशका अधिकांश भू-भागमा हुस्सु र कुहिरो लागेको छ। देशका बाँकी भूभागको मौसम भने सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबार दिउँसो पनि कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदलीकै अवस्था रहेन छ भने राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ। आज तीन प्रदेशमा मौसम बदली भएपनि कतै वर्षा र हिमपात हुने सम्भावना भने कतै नदेखिएको महाशाखाले जनाएको छ।

भोलि (बिहीबार) पनि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदलीको सम्भावना छ। तराई मधेशका भूभागमा हुस्सु र कुहिरो लाग्दा चिसो बढेको छ। हुस्सु कुहिरोले जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई सेवा प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले सबैमा अनुरोध गरेको छ।

प्रकाशित मितिः २०८० पौष २५ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय