श्रावणको पहिलो सोमबार डोलेश्वरमा (फोटो फिचरसहित)

भक्तपुर न्यूज

२ साउन २०७४ ६:४३

श्रावणको पहिलो सोमबार डोलेश्वरमा (फोटो फिचरसहित)

भक्तपुर, २ श्रावण । श्रावणको पहिलो सोमबार (आज) केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा भक्तजनको बाक्लै भीड देखिएको छ । भगवान शिवको भब्य आराधना, तिर्थ व्रत गर्ने महिना भएकाले डोलेश्वर महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ । मेलामा काठमाडौ, ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न ठाउँबाट भक्तजनहरु दर्शन गर्न आएका छन् । मन्दिरमा बिहान ३ बजेदेखि भक्तजनहरु पुजाआजा तथा मन्दिर दर्शनका लागी लाईनमा पालो कुरिरहेका थिए ।


२०६६ साल भाद्र ६ गते केदारनाथको शिर घोषणा गरिएपछि हरेक वर्षको श्रावण महिनाभरी मन्दिरमा पूजा पाठका लागि भक्तजनको भीड लाग्ने गरेको छ ।


यसैबीच केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको आयोजनमा हिजो आइतबारबाट ३८ दिने श्रावणी मेला सञ्चालन भईरहेको समितिका सचिव एवं प्रचार प्रसार समितिका संयोजक मोहन बल्लले बताए ।


यस महिनाको पाँचैवटा सोमबार परेकाले शिवको आराधना अनि जल चढाउने कामनाका साथ अझ बढी भक्तजनले यहाँ दर्शन गर्नु हुने उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *