मेलम्चीको पानी काठमाडौं लैजान नदिने स्थानीयवासीको चेतावनी

भक्तपुर न्यूज

२२ पुष २०८० ५:०७

मेलम्चीको पानी काठमाडौं लैजान नदिने स्थानीयवासीको चेतावनी

काठमाडौं । सिन्धुपाल्चोकका मेलम्ची खानेपानी आयोजना प्रभावितहरूले माग पूरा नगरेको भन्दै खानेपानी आयोजना बन्द गर्ने चेतावनी दिएका छन् । आयोजना र बाढीबाट प्रत्यक्ष प्रभावित बनेकाहरूलाई लाभ हुने कुनै पनि माग सम्बोधन गराउन नसकेको भन्दै स्थानीयले यस्तो चेतावनी दिएका हुन् ।

उनीहरूले शनिबार पासाङ लामाको नेतृत्वमा नयाँ संघर्ष समितिको निर्माण गरी विभिन्न मागसहित आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका छन्। संघर्ष समितिले पुस २५ गतेबाट मुहानस्थलमा धर्नासहित आयोजनाको काम बन्द गर्ने चेतावनी दिएको छ।

संघर्ष समितिले मेलम्ची आयोजना प्रभावित र बाढी पीडितहरूले नदी नियन्त्रणका लागि तटबन्ध निर्माण, जोखिममा रहेका बस्तीहरूको संरक्षण गर्नुपर्ने, बाढीबाट मृत्यु भएका परिवारलाई प्रतिव्यक्ति १० लाख क्षतिपूर्ति दिइनुपर्ने, मेलम्ची बाढी अघि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिई मेलम्ची करिडोरमा बनाइएको घर व्यवसायको ऋण मिनाहा गर्नुपर्ने, स्थानीय सरकार मार्फत खानेपानीको लेवी उपलब्ध गराइनुपर्ने, नयाँ घर निर्माणका लागि २० लाख अनुदान दिनुपर्ने लगायतका माग राखेको छ।

प्रकाशित मितिः २०८० पौष २२ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय