बालकुमारी घटनामा मारिएका दुई युवकको शव परिवारको जिम्मा लगाइयो
काठमाडौं । बालकुमारी घटनामा प्रहरी आक्रमणमा मारिएका युवक शव परिवारको जिम्मा लगाइएको छ । मंगलबार दिउँसो दैलेखका सुजन रावतको शव नेपाली सेनाको हेलिकप्टरमार्फत उनको घर पुर्याइएको छ ।
दैलेखका प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालले रावतको शव परिवारलाई जिम्मा लगाइएको र अन्त्येष्टिको तयारी भइरहेको बताए । बालकुमारी घटनामा नै प्रहरीको गोली लागेर मृत्यु भएका अछामका वीरेन्द्र शाहको शव पनि मंगलबार नै परिवारलाई जिम्मा लगाउने तयारी छ ।
अछाममा प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलका अनुसार वीरेन्द्रको शव सुर्खेतसम्म ल्याइएको छ र केहीबेरमा अछाम ल्याउने तयारी छ ।
प्रकाशित मितिः २०८० पौष १७ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
