गाउँ र जिल्ला समृद्ध नभएसम्म देशले समृद्धिको बाटो समाउन नसक्ने : अध्यक्ष राई

भक्तपुर न्यूज

१० पुष २०८० ८:०५

गाउँ र जिल्ला समृद्ध नभएसम्म देशले समृद्धिको बाटो समाउन नसक्ने : अध्यक्ष राई

भक्तपुर । एकै पुस्तामा गाउँ समृद्ध बनाउने अभियानका साथ उदयपुरमा महाअभियान चालिएको छ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले गाउँ समृद्ध नभए जिल्ला समृद्ध नहुने र जिल्ला समृद्ध नभएसम्म देशले समृद्धिको बाटो समाउन नसक्ने जनाउँदै सबैभन्दा पहिला गाउँको समृद्धिलाई प्राथमिकतामा राखेर महाअभियान सञ्चालन गरिएको रफत सञ्चार क्लबमा पत्रकार सम्मेलन गर्दै गाउँपालिकाका अध्यक्ष मेजर कुमार राईले बताए ।

यस क्षेत्रमा रहेका प्राकृतिक स्रोतको भरपूर उपयोग गर्न प्रकृति, संस्कृति र कृषिलाई बेच्नमात्र सके पनि यस क्षेत्रका बासिन्दाले राम्रो लाभ लिने बताउँदै अध्यक्ष राई भन्छन्, “आर्थिक पाटो मजबुत भए शिक्षा र स्वास्थ्य क्षेत्र आफैँ सक्षम बन्ने छ ।” लिम्चुङबुङ नेपालको पर्यटन उद्योगको एक अभिन्न बनेर पर्यटन उद्योगमा थप योगदान पुर्‍याउन सक्ने विश्वासका साथ उक्त क्षेत्रमा हरेक प्रकृतिप्रेमी नेपालीले एक पटक भ्रमण गर्नैपर्ने पक्षमाथि अध्यक्ष राईले जोड दिए ।

केही नबेचिकन अर्थ जुराउन नसकिने र अर्थविना गाउँको समृद्धि असम्भव हुने भन्दै लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राई भन्छन्। “यस गाउँपालिकको समृद्धिका लागि सबैभन्दा पहिला मदन भण्डारी हाइ–वेबाट गाउँपालिकासम्म पक्की सडकको निर्माण गर्न हामी केन्द्रित रहेका छौँ ।” लिम्चुङबुङ गाउँपालिका अथाह पर्यटनको सम्भावना बोकेको स्थान हो, यहाँबाट सगरमाथासहित ६ वटा ८ हजार मिटर अग्ला मनोरम हिमाल आँखा अघिल्तिरबाट हेर्न सकिने अध्यक्ष राई बताउँछन् ।

लिम्चुङबुङ गाउँपालिकाले ल्याएकाे अभियानलाई प्रदेश सरकार र संघिय सरकारले सहयाेग गर्ने हाे भने देशका हरेक गाउँकाे मुहार फेर्न सकिने राई बताउँछन् । पूर्वकाे पशुपितनाथका रूपमा परिचित हलेशी महादेव समेत रहेकाे यस क्षेत्रकाे विकासकाे सूचक भनेकाे पर्यटन नै रहेकाे राई बताउँछन् ।

प्रकाशित मितिः २०८० पौष १० मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय