भक्तपुरको ख्वप क्षेंमा साँझ ४ बजे म्युजिक फेस्टिवल हुँदै

भक्तपुर न्यूज

१० पुष २०८० ७:१७

भक्तपुरको ख्वप क्षेंमा साँझ ४ बजे म्युजिक फेस्टिवल हुँदै

काठमाडौं । योमरी पून्हीका दिन भक्तपुरमा म्युजिक फेस्टिवल हुने भएको छ । सङ्गीत ग्राम गुरुकुल नेपालको आयोजनामा सुरिलो भक्तपुरको तर्फबाट योमरी पून्हीका दिन भक्तपुरमा समकालीन,परम्परागत तथा शास्त्रीय सङ्गीतका साथ म्युजिक फेस्टिवल २०८० हुने भएको हो ।

भक्तपुरको खौमा स्थित ख्वप क्षेंंमा योमरी पून्हीको दिन म्युजिक फेस्टिवल हुने आयोजक एवं गायक सुनिल लोहलाले जानकारी दिए । उनका अनुसार एकै पटक फरक शैलीमा भक्तपुरमा साङ्गीतिक माहोल बनाउने उद्देश्यका साथ उक्त म्युजिक फेस्टिवल हुन लागेको उनले बताए ।

हामीले एकै मञ्चबाट समकालीन गीत तथा सङ्गीत पस्कँदै योसँगै परम्परागत गीत सङ्गीतका साथ शास्त्रीय सङ्गीत पनि पस्कने प्रयत्नमा लागेका छौँ । यो किसिमको साङ्गीतिक कार्यक्रम भक्तपुरमा नै पहिलो भएको उनले बताए । योमरी पून्हीको दिन साँझ ४ बजे देखि हुने उक्त साङ्गीतिक कार्यक्रम फरक किसिमको हुने उनले बताए ।

उनका अनुसार हरेक वर्ष यस्तो साङ्गीतिक कार्यक्रमलाई निरन्तरता दिने उद्देश्यका साथ आफूहरूले उक्त कार्यक्रम गर्न लागेको समेत उनले जानकारी दिए ।

प्रकाशित मितिः २०८० पौष १० मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय