नारायणगढ–बुटवल सडकमा रास्वपाको ‘दबाब यात्रा’ आजदेखि सुरु

भक्तपुर न्यूज

९ पुष २०८० ५:१९

नारायणगढ–बुटवल सडकमा रास्वपाको ‘दबाब यात्रा’ आजदेखि सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवनको नारायणगढदेखि बुटवलसम्म पदयात्रा सुरु गरेको छ ।

नारायणगढ–बुटवल सडक खण्ड विस्तारको कामलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यले आज बिहान गैँडाकोट पुल्चोकबाट पैदलयात्रा सुरु गरेको रास्वपाले जनाएको छ । ‘रास्वपाको दबाब यात्रा’ नाम दिइएको सो अभियान तीन दिनसम्म चल्नेछ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड ११३ किलोमिटर छ । यात्रामा पार्टी सभापति रवि लामिछानेसहित, पार्टीका नेता, सांसद, कार्यकर्ता सहभागी हुनेछन् । पैदल यात्राका क्रममा पार्टीको झण्डा, लोगो, टि–सर्ट लगायतका कुनै पनि सामग्री प्रयोग नगर्न रास्वपाले आग्रह गरेको छ ।

प्रकाशित मितिः २०८० पौष ०९ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय