चाडपर्वका नाममा विद्यालयले पोसाक किन्न बाध्य पारेमा कारवाही गर्ने महानगरको चेतावनी

भक्तपुर न्यूज

६ पुष २०८० ६:२४

चाडपर्वका नाममा विद्यालयले पोसाक किन्न बाध्य पारेमा कारवाही गर्ने महानगरको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई फरक-फरक पोसाक किन्न लगाउने विद्यालयहरूलाई कारबाही गरिने बताएको छ। विद्यालयले फरक-फरक पोसाक किन्न लगाएको पाइएमा कानुनअनुसार कारबाही गरिने महानगरले चेतावनी दिएको छ।

शिक्षा अधिकारी सीताराम कोइरालाले शुक्रबार सबै विद्यालयलाई गरेको परिपत्रमा नियमित विद्यालय पोसाकभन्दा फरक-फरक पोसाक किन्न बाध्य पारेमा कारबाही गर्ने चेतावनी दिएका छन्। परिपत्रविपरीत कार्य गरे विद्यालयलाई कानुनअनुसार कारबाही गरिने उनको भनाइ छ।

जानकारी-सम्बन्धमा-।-scaled-1703221046.jpeg

प्रकाशित मितिः २०८० पौष ०६ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय