बालेनलाई प्रधानमन्त्री प्रचण्डको प्रश्न : मैले गरेको सहयोगबारे बोल्न तपाईंलाई केले रोक्यो ?

भक्तपुर न्यूज

२ पुष २०८० ७:४९

बालेनलाई प्रधानमन्त्री प्रचण्डको प्रश्न : मैले गरेको सहयोगबारे बोल्न तपाईंलाई केले रोक्यो ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई बागमती नदी हस्तक्षेप, तीनकुने हस्तक्षेप वा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा आफूले जति पहल गर्ने अर्को प्रतिनिधि देख्नुभएको छ ? भन्दै प्रश्न गरेका छन् ।

ललितपुर महानगरपालिकाको १०५ औ स्थापना दिवसमा प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू काठमाडौंको फोहोर व्यवस्थापन लगायतका कुरामा रचनात्मक रहेको र फोहोर व्यवस्थापनका लागि गरेको पहललाई स्वीकार्न किन नसकेको भन्दै मेयर साहलाई प्रश्न गरे ।

उनले भने ‘उहाँले (बालेन) भन्नुभयो यहाँबाट निस्किने बित्तिकै हुन्छ, म बालेन्द्रजीलाई के भन्न चाहन्छु भने बालेन्द्रजी तपाईँले चाहे त्यो बागमतीमा बसेको हस्तक्षेपको कुरालाई लिएर होस् वा तीनकुनेको कुरालाई लिएर होस् वा फोहोरमैला व्यवस्थापनको निम्ति काठमाडौं उपत्यकाभित्र मिलेर काम गर्ने बारेमा कति पटक सिंहदरबारमा बैठक भयो, के अहिलेको प्रधानमन्त्री जत्तिकै सकारात्मक र रचनात्मक ढंगले यो समस्या समाधान गर्न समन्वय गरेको अर्को कसैले देख्नुभएको छ । तपार्इँ त्यसलाई रिकोग्नाइज्ड गर्न किन डराउनुहुन्छ । तपाईँ काठमाडौं महानगरको मेयर भएको नाताले उपत्यकाका अरू नगरपालिकालाई समन्वयन गर्ने बढी जिम्मेवारी छ । मैले बढी सहयोग तपाईँलाई गर्छु भनेर भनेको कुरा गर्न केले रोक्यो ? प्रधानमन्त्रीले बल गरिरहेको छ भन्न केले रोक्यो ?’

प्रकाशित मितिः २०८० पौष ०२ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय