ललितपुर महानगरपालिका अगाडि अभियन्ता ईः १०८ मिनेट उभिने
काठमाडौं । अभियन्ता ईः ललितपुर महानगरपालिकाको कार्यालय अगाडि १०८ मिनेटसम्म उभिने भएका छन् । महानगरपालिकाले साँझ बिहान पुल्चोक लगायतका क्षेत्रमा फुटपाथ व्यवस्थाय सञ्चालन गर्न नदिने निर्णय गरेको थियो । ईं ले उक्त निर्णयविरुद्ध उभिएर विरोध जनाउन लागेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।
‘सहर भनेको कार भएका मानिसलाई मात्र नभई सबैका लागि हो भन्ने यल ९ललितपुर० को प्रयासलाई सबैले प्रशंसा गरेको छ,’ उनले लेखेका छन्, ‘सहरको आत्मा मार्दै रात र बिहानका फुटपाथ क्षेत्र हटाउने निर्णयप्रति पुनर्विचार गर्न आवश्यक छ।’
अभियन्ता ईं: केहि महिनाअघि एक सातासम्म काठमाडौं महानगरपालिकाको कार्यालय अघि राष्ट्रिय सभागृहमा उभिएर विरोध जनाएका थिए ।
प्रकाशित मितिः २०८० मंसिर २५ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
