महिला तथा बालबालिका विभाग खारेज गर्ने सरकारको निर्णय

भक्तपुर न्यूज

२२ मंसिर २०८० ११:१६

महिला तथा बालबालिका विभाग खारेज गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले महिला तथा बालबालिका विभाग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महिला तथा बालबालिका विभाग खारेज गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषद्, प्रशासन समितिबाट पेश भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने र महिल तथा बालबालिका विभाग खारेज गर्ने निर्णय भएको जानकारी दिए ।

उनले आर्थिक वर्षको बजेट वक्तव्यमा भनिएको कुरालाई सरकारले लागू गरेको बताएका छन् । सरकारले राष्ट्रपति कार्यालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्व स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

प्रकाशित मितिः २०८० मंसिर २२ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय