आजको मौसम : देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली

भक्तपुर न्यूज

२२ मंसिर २०८० ४:५५

आजको मौसम :  देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली

काठमाडौं । हाल कोशी प्रदेशलगायत देशको पहाडी भू-भागको मौसम आंशिक बदली रहेको छ । देशका बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्स/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

प्रकाशित मितिः २०८० मंसिर २२ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय