आजको मौसम: देशभर आंशिकदेखि सामान्य बदली, हिमाली भू-भागमा हल्का हिमपात
काठमाडौं । हाल कोशी प्रदेशका साथै देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहनुका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
यस्तै, राति कोशी, मधेश, बागमती र गण्डकी आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सफा रहने छ। विभागका अनुसार देशभरको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट बच्न सबैमा आग्रह गरेको छ।
प्रकाशित मितिः २०८० मंसिर २० बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
